हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष २२, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पौष २२,काठमाडौँ । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स ९सिपा० मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्ने भएकी छन् ।

द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरेका छन् । क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री थिइन् । उनले फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी बहन गर्नेछिन् ।

क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छिन् । उनले विश्वविद्यालयको अमेरिकी र विश्वका राजनीतिक नेतृत्वका नयाँ पुस्तालाई शिक्षित गर्दै विश्वका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने प्रतिबद्धता र प्रयासहरूमा योगदान गर्न आफू तयार रहेको बताइन् ।

सन् २०२२ मा कोलम्बिया विश्वविद्यालयले क्लिन्टनलाई कानुन विषयमा मानार्थ विद्यावारिधी डिग्री प्रदान गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस