भोलि कांग्रेस संसदीय दलको बैठक बस्दै,संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २२, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २२, काठमाडौँ । संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे तयारीका लागि भोलि कांग्रेस संसदीय दलको बैठक बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेका लागि संघीय संसदको बैठक आह्वान गरेसँगै यसको तयारिमा कांग्रेस जुटेको हो । कांग्रेस संसदीय दलको बैठक भोलि १ जबे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ । उक्त बैठक पूर्व कांग्रेस नेताहरु पार्टी सभापति शेरबहादुर देउवा निवासमा जुटेका छन् ।

कांग्रेस सांसदहरु अहिले देउवा निवासमा छलफलका लागि पुगिरहेका छन्। यसैगरी २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन कार्यतालिका रहेको छ । यसका लागि देउवाले शीर्ष नेतादेखि पदाधिकारीलाई समेत छलफलका लागि डाकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस