पौष २४,काठमाडौँ । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लि. को दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । सहकारीको नवनिर्वाचित अध्यक्षमा सस्थापक उपाध्यक्ष एवं निवर्तमान प्रतिनिधि सभा सदस्य मन कुमारी के.सी., उपाध्यक्षमा प्रदेश एकको निवर्तमान उपसभामुख सरस्वती पोखरेल महासचिवमा निवर्तमान कोषाध्यक्ष लेखनाथ ढकाल कोषाध्यक्षमा नवराज छत्कुली चयन भएका छन् ।
यसैगरी सञ्चालकहरूमा संविधान सभा सदस्य सीता गौडेल, आस्था के.सी., भेषराज पाण्डे, मेघराज गौतम खिम वहादुर कार्की, जिविन पोखरेल, लेखनाथ पोखरेल, राम सुवेदी र लक्ष्मी बोहोरा सर्वसम्मतिले निर्वाचित भएका छन् ।
साधारण सभाले लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा राजेन्द्र वस्नेत, सदस्यहरु क्रममा श्याम बहादुर खड्का र दान बहादुर गुरुङ सर्वसम्मत चयन गरेको छ । तिन सदस्य निर्वाचन समितीले नयाँ नेतृतव् चयन गरेको हो ।
जसमा निर्वाचन समिति संयोजक राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाई सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं संघका सस्थापक महासचिव शिव कुमार डांगी, संघका निवर्तमान सञ्चालक कुमार प्रसाद पाण्डे रहेका थिए । राष्ट्रिय सहकारी महासंघका सल्लाहकार रबिन्द्र केसीका प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।