दमौलीका लामिछानेको अमेरिकामा गोली हानी हत्या

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ पौष २४, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाडौँ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका तनहुँ, दमौलीका लामिछाने करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका थिए ।लामिछानेका बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ परेका हुन् । सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस