आठवटा मुद्दामा अख्तियारद्वारा पुनरावेदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २५, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाण्डौँ । विशेष अदालतबाट फैसला भएका आठवटा मुद्दामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले आइतबार अदालतमा पुनरावेदन दिएको हो । पुनरावेदन दिइएका मुद्दामा घुस तथा रिसवत, झुटा विवरण पेस गरी नपाएको ओहदा ग्रहण गरेकालगायतका विषयसँग सम्बन्धित छन् ।

आयोगले पुनरावेदन गरेको मुद्दाका प्रतिवादी रामविश्वास राय यादव, सरोजकुमार यादव, धनबहादुर तामाङ, रामानन्द चौधरी, विस्नाकुमारी साउद, लालु गिरी, देवजङ्ग शाही, सिकन्दरप्रसाद कानु, प्रा।डा। राजकुमार रौनियार र रामहरि रौनियार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस