केन्द्रमा अल्मलिएको नेकपा एसले बागमतीमा गर्‍यो जम्मकट्टेललाई सर्मथन

Post Thumbnail

पौष २५,काठमाडौँ । संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न नसकेको एकीकृत समाजवादीले बागमती प्रदेशसभामा भने नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री बनाउन सघाएको छ ।

जम्कट्टेल नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितका दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालले वामपन्थी सरकार बनेकाले आफूहरु सर्मथन गर्ने निष्कर्षमा पुगेको बताए ।

‘हाम्रो दलसँग लिखित रुपमा समर्थन मागेपछि आज हाम्रो दलको बैठक बसेर मुलभूतरुपमा बामपन्थी सरकार बन्यो, असहयोग गर्नु हुँदैन सहयोग गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्यो ।’

सरकारमा सहभागिता र शक्ति बाडफाँटबारे भने उनले कुनै छलफल नगरेको बताए । ‘सरकारले राम्रो काम गरेछ भने निरन्तर सहयोग रहने गरी र चित्त बुझ्दो काम गरेन भने सर्मथन फिर्ता गर्ने गरी समर्थन दिने निर्णय गरेका हौं,’ लम्सालले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस