पौष २३, काठमाडौं । ब्रेकफस्ट धेरै खानुहोस्। ब्रेकफास्ट कम खाँदा दिउँसो बढी क्यालोरीयुक्त खाना खाइन्छ। तसर्थ, बिहानको समयमा धेरै ब्रेकफस्ट लिनु तौल घटाउने उपाय बन्न सक्छ।
पानीको मात्र कम भएका पेयपदार्थ सकेसम्म कम लिने। सोडा र जुसजस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ। जसले मोटोपना निम्त्याउँछ।
चिस्याएको फलफूल र सागसब्जी खानुहोस्। मौसमी ताजा फलफूललाई चिस्याए यसमा भएको पोषण नष्ट हुनबाट जोगिन्छ।
कालो चिया पिउनुहोस्। बिहानको चियाले फुर्तिलो बनाउनुका साथै थप उर्जा प्रदान गर्छ।
दैनिक एक कप चिया पिउँदा मोटाबोलिजमलाई करिब ३ घन्टा उर्जा प्रदान गर्छ। तर, बढी कफी पिउनु पनि स्वास्थ्यका लागि राम्रो हुँदैन।
सकभर रोटी नियमित खानुहोस्। गहुँको रोटी, खैरो चामल र मकैको फल खाने मानिसमा तौल बढ्ने खतरा झण्डै ५० प्रतिशतले घट्छ।