घरेलु मैदानमा रियल मड्रिडको अप्रत्यासित हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष २३, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड अप्रत्यासित रुपमा पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग २–० ले पराजित भएको हो ।

खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई उसकै मदानमा रियल मड्रिडले हराएको यो पछिल्लो १५ वर्षमा पहिलोपटक हो ।

खेलको तेस्रो मिनेटमा नै रियल सोसिडाडले पेनाल्टी पायो । रियल मड्रिडका कासेमिरोले फउल गरेपछि पाएको पेनाल्टीमा विलियन जोसेले गोल गरे र रियल सोसिडाडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

६१ औँ मिनेटमा लुकास भाज्क्वेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भयो । ८३ औँ मिनेटमा रुबेन पार्डोले गोल गरेपछि रियल सोसिडाड २–० ले विजयी भएको हो ।

जितपछि १८ खेलबाट २२ अंक बनाएको रियल सोसिडाड ११ औँ स्थानमा उक्लिएको छ । पराजित भएको रियल मड्रिडले चौथो स्थानमा उक्लिने मौका गुमाएको छ । पाँचौँ स्थानमा रहेको रियल मड्रिडको १८ खेलबाट ३० अंक छ । चौथो स्थानको एलाभेसको ३१ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस