मेस्सीले गरे ला लिगामा ३९९ औँ गोल, बार्सिलोनाको महत्वपूर्ण जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष २३, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाडौं । लियोनल मेस्सी कप्तानीको टिम बार्सिलोना स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा विजयी भएको छ । अवे मैदानमा भएको खेलमा साबिक विजेता बार्सिलोनाले गेटाफेलाई २–१ ले हराएको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि माताले एक गोल फर्काए । दुवै टिमबाट पहिलो हाफमा नै गोल भएको हो । कप्तान मेस्सीले २० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

उनले ला लिगामा ३९९ गोल गरेका छन्, अर्थात अवे मैदानमा आइतबार राति गरेको गोल ला लिगा करिअरमा मेस्सीको ३९९ औँ गोल थियो । यस्तै ३९ औँ मिनेटमा स्वारेजले गोल गर्दै अग्रता दोब्बर पारे ।

४३ औँ मिनेटमा माताले गेटाफेका लागि एक गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोना २–१ ले विजयी भयो । जितपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी पाँच कायम गरेको छ ।

शीर्षस्थानको बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ । आइतबार राति नै भएको खेलमा तेस्रो स्थानको सेभिल्लासँग १–१ को बराबरीमा रोकिएको एथ्लेटिको मड्रिडको ३५ अंक छ । सेभिल्लाको भने ३३ अंक रहेको छ ।

राति नै भएको अर्को खेलमा एइबर र भिल्लारियलले गोल रहित बराबरी गर्दै अंक बाँडेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस