प्रचण्डलाई विश्वासको मत दिन सांसदहरुलाई कांग्रेसको ह्वीप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २६, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २६,काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।

संसदीय दलले ह्वीप लगाएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका सांसदले पनि मत दिनुपर्ने बाध्यता बनेको छ । संसदीय दलको बैठकमा कांग्रेसका ५ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए ।

महामन्त्रीद्व गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले असहमति दर्ज गराएका थिए । अब उनीहरुले पनि प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस