सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

पौष २६, काठमाण्डौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१०० ÷— अंकित दरका रु.११,५४,३६,०००÷— रकम बराबरको ११,५४,३६० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ । सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply