प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, विपक्षमा जम्मा २ मत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २६, मंगलबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पौष २६,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मंगलबार भएको मतदानमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानपछि विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत परेको सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस