लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीले गरे दाबी पेस

पौष २७,लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेको संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् । सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा गिरीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् ।

लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । गिरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको समर्थन छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेपछि एमालेले सत्तारूढ दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको हो । दाबी पेस भएपछि प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज रहेका गिरी पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पनि हुन् ।

संम्बन्धित समचार

Leave a Reply