लिला गिरी बने लुम्बिनीका मुख्यमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २७, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष २७, रूपन्देही । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेका थिए ।

गिरीलाई मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसहित ५८ जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमाले नेतृत्वको सत्ता समीकरणमा स्वतन्त्रका २ जना सांसदसमेतको संख्या जोड्दा गिरीलाई समर्थन गर्ने सांसदको संख्या ५८ पुगेको छ । यो दुई तिहाईनजिकको बहुमत हो ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र जसपाका ४र४, जसपा, जनमत र लोसपाका ३र३ सदस्य छन् ।त्यस्तै नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस