वाम एकता : माओवादीको पहिलो प्राथमिकता बाबुराम र माधव

पौष २८, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ। वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो। माओवादीका उपमहासचिव एवं कार्यदल सदस्य गिरिराजमणि पोखरेलले माधव नेपालसँग अनौपचारिक छलफल सुरु भएको बताए। उनले माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक सम्बाद भइरहेको पुष्टि गरे।

ुपार्टीले कार्यदल बनाए पनि सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन। तर कार्यदलका भएका साथीहरूले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग अनौपचारिक सम्बाद गरिरहनु भएको छ,ु पोखरेलले अन्नपूर्णसँग भने। उनले चुनावअघि वाम शक्तिहरूबीच ध्रुवीकरण भएको भन्दै स्थायित्वका निम्ति वाम एकता अपरिहार्य रहेको बताए। वाम एकताका लागि एउटा प्रयोग सुरु गरिसकेका छौं। वाम शक्तिहरू एकअर्कासँग नमिलिकन अगाडि बढ्ने स्थिति छैन, उनले भने।

उनले नेकपा एमालेसँग भने तत्काल पार्टी एकता सम्बन्धमा सम्बाद नहुने प्रस्ट पारे। सम्बादका लागि नेकपा विभाजन र विगतका राजनीतिक घटनाहरूबारे गम्भीर छलफल हुनुपर्ने उनले बताए। सबैसँग गर्ने भनिए पनि एमाले तयार नभइकन सम्बाद र छलफल गर्दैनौं। नेकपा विभाजको समीक्षा र विगतका राजनीतिक घटनाका विषयमा छलफल नगरी एमालेसँग एकता प्रारम्भ हुँदैन,उनले भने।

उनले निर्वाचनपछि नयाँ राजनीति क्रम विकास भएको बताए। फुटेर चुनावमा पुग्दा कसैले बहुमत ल्याउन सकेन। यसबीचमा नेपाली समाजका कतिपय गम्भीर खालका परिवर्तनहरू देखा परिरहेका छन्। सबैले समाजवादमा जाने भनेका छन्। समाजवादका ठोस र मूर्त रूप के हो भन्ने विषयमा सबैको आआफ्नो छलफल छ। त्यसलाई साझा छलफल बनाउन जरुरी छ। हिजोको बुझाइले मात्र अहिले पुग्ने देखिँदैन, उनले भने। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

संम्बन्धित समचार

Leave a Reply