जसपा र नेकपा एसबीच सिंहदरबारमा एकता वार्ता जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २८,काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता सिंहदरबारमा बसिरहेको छ । एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल भैरहेको कार्यदलका सदस्य प्रकाश ज्वालाले अनलाइन केन्द्रलाई जानकारी दिए । बैठकमा नेकपा एकीकृत समाजवादीको कार्यदलमा रहेका महासचिव वेदुराम भुसालसहित नेताहरु डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला सहभागी छन् ।

यस्तै जसपाबाट पनि नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी सहभागी छन् । नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।

एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।

ताजा अपडेट

खोजी गर्नुहोस