आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा १७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष २८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २८, काठमाण्डौँ । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गएको मङ्गलवारदेखि आँधी सुरु भएको र बुधवार बिहानसम्म ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाका कारण बाढी र पहिरो पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले आँधीका कारण केही वर्षयताकै ठूलो क्षति भएको जनाएका छन् । उनीहरुले सडक भत्किएका र यहाँका बिजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरुमा क्षति पुगेको छ । मौसम पूर्वानुमान शाखाका अधिकारीहरुले आँधीको सम्भावना रहेकाले घर बाहिर ननिस्कन नागरिकहरुलाई सूचना जारी गरेका छन् । यस आँधीले यहाँका जनावर तथा चौपाया पनि मरेका छन् ।

यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ । यस क्षेत्रका हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ । तर आँधी निरन्तर रहेकाले उनीहरुको उद्धारमा पनि कठिनाइ उत्पन्न भएको जनाइएको छ । यस राज्यमा सङ्कटकालको घोषणा गरेर आवश्यक उद्धार गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस