विश्वकप अघि अर्जेन्टिनालाई धक्का : कारण यस्तो छ !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २५, शुक्रबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

जेठ २५,काठमाडौँ । विश्वकप २०१८ सुरु हुन अब एक हप्ता बाकीं हुँदा अर्जेन्टिनालाई ठूलो धक्का परेको छ । २०१४ को उपविजेता टोली अर्जेन्टिनाले अहिले भर्खरै आफ्ना स्टार मिडफिल्डर गुमाएको छ ।

अर्जेन्टिनाका मिडफिल्डर म्यानुयल लान्जिनी घुंडाका चोटका कारण विश्वकपमा भाग नलिने भएका छन् । लान्जिनी प्रिमियर लिगको टोली वेस्ट ह्यामका लागि खेल्ने गर्छन् ।

केही महिना यता लान्जिनी अर्जेन्टिनी टोलीमा नियमितजसो परिरहेका थिए ।अर्जेन्टिनाले हाइटीलाई ४–० ले हराउंदा पनि लान्जिनी सुरुवाती ११ मै थिए । एन्जल डि मारिया बायाँ विङ तथा लान्जिनी बायाँ विङमा खेलाउने प्रशिक्षक जोजे सेमापाउलीको रणनीति रहेको अनुमान गरिएको थियो ।

तर, लान्जिनीको चोटपछि अर्जेन्टिनाले अर्को रणनीति खोज्ने विश्वास छ । अर्जेन्टिनाले यस अघि आफ्ना गोलकिपर रोमेरोलाई पनि चोटका कारण गुमाएको थियो ।

अर्जेन्टिना ग्रुप अफ डेथ मानिएको समूह ‘डि’ मा नाइजेरिया, आइसल्यान्ड र क्रोएसियासँग रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस