सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको घट्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष २९, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २९, काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख तीन हजार नौ सय रुपैयाँ तोकिएको छ । उक्त सुन बिहीबार प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय पुगेको छ। अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला आज पाँच रुपैयाँले घटेर एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस