यूनाइटेड इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष २९, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २९, काठमाण्डौँ । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९ औं वार्षिक साधारण सभा अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भयो ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०७९÷८० का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु ५,१४,०८,०००÷– बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतले हुन आउने रकम रु २७,०५,६८,४२१ वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरियो । कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरियो ।
कम्पनीेको गत आ.व. २०७७÷७८ को तुलनामा यस आ.व. २०७८÷७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७÷७८ को तुलनामा आ.व. २०७८÷७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु. १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आ.व.२०७९÷८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८÷७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई रु.२ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९÷८० को पौष ४ गते सम्ममा कम्पनीले रु. ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस