पुस २३,काठमाडौँ । प्रा. डा. गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सच्याउन माग गरेका छन् । नभए अनसन बस्ने उनको चेतावनी छ ।
उपसमितिले आइतबार मात्र डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोल फरक मत राखेका छन् । यो प्रतिवेदन आज पूर्ण पेश हुँदैछ ।
सोमबार विहान पत्रकार सम्मेलन गरी सम्झौता विपरित प्रतिवेदन तयार भएमा आपत्ति जनाए । ‘शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रुपमै हामीसँग भएको सम्झौता अनुरुप नै विधेयक पारित हून्छ भनेकाले हामीले सत्याग्रहका कार्यक्रम पुस २५ सम्म्का लागि सारेका थियौं’ उनले भने, ‘हामीसँग भएको सम्झौता विपरित उपसमितिले बनाएको प्रतिवेदन अबिलम्ब सच्याउन समितिलाई माग गर्दछौं । अन्यता हामीले दिएको समयसीमा भन्दाअगाडि नै सत्याग्रह सुरु गर्न बाध्य हुनेछौं ।’