आठौँ गोरु जुधाई रमाईलो मेलामा हाँस्य कलाकार एम.जि. तामाङको बिषेश प्रस्तुती रहने

पौष ३०, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ पिपल डाँडामा भोली माघ १ गतेका दिन आठौँ गोरु जुधाई रमाईलो मेला तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । नुवाकोट तारुकार्मा परापुर्व कालदेखि चलिआएपनि अहिले नुवाकोट तथा रसुवाका बिभिन्न स्थानमा गोरु जुधाई मेला आयोजना हुँदै आएको छ ।

पञ्चकन्या गाउँपालिका नुवाकोटको आयोजनामा हुन लागेको कार्यक्रममा बिषेश अतिथीमा हाँस्य ब्यङ्ग कलाकार तथा सञ्चार कर्मी एम जि तामाङको बेजोड प्रस्तुती रहने प्रदिप दाहाले जानकारी दिए । कार्यक्रममा स्थानियस्तरका लोक तथा दोहोरी कलाकारहरुले पनि प्रस्तुती राख्नेछन् ।

उक्त मेलामा एक दर्जनहल गोरु भन्दाबढी जुधाईने र बिजेतालाई नगद पुरस्कारसहित सम्मान गरिने पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ रमेशले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथीका रुपमा गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ रमेश रहनेछन् ।

संम्बन्धित समचार

Leave a Reply