पाँच महिनामै वैदेशिक शिक्षाको लागि झण्डै २९ अर्ब रुपैयाँ खर्च

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष ३०, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ३०,काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेश पढ्न जाने नेपालीले झण्डै २९ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार नेपालीले विदेशमा पढ्नकै लागि भनेर २८ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको पाँच महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । अघिल्लो वर्षको पाँच महिनामा वैदेशिक शिक्षाको लागि १३ अर्ब ५३ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।

यस्तै, पाँच महिनामा विदेश घुम्न जाने नेपालीले १३ अर्ब २७ करोड रुपैयाँ खर्च गरेका छन् । समग्रमा भ्रमण र शिक्षातर्फ गरेर पाँच महिनामा ४२ अर्ब ८ करोड रुपैयाँ नेपालबाट बाहिरिएको छ । भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च पनि १ सय ३३ प्रतिशतले बढेको छ । पाँच महिनामा विदेशीले नेपाल भ्रमण गर्दा २३ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो वर्ष जम्मा १० अर्ब १४ करोड रुपैयाँ खर्च गरेका थिए । समग्रमा पाँच महिनामा नेपालको खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस