घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ३०, शनिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पौष ३०,काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।

आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । नेता भुसाल हिजो एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नेकपा एमालेका उपमहासचिव रहेका नेता भुसाल मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा टिकट नपाएपछि नेकपा एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद विघटन गरेपछि उनले चर्को विरोध गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस