मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ३, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौँ । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर राष्ट्रिय शोक बिदा परेकाले सुरु हुन नसकेको आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा हुनुअघि उपत्यकासहित सातवटा जिल्लामा अनलाइन दर्ता सुरु गरेको थियो ।

यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम बीभीआईआर मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस