सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ४, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाण्डौँ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिनेरनदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन् ।

बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ । संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस