मलेसियाले पाँच लाख विदेशी श्रमिक लैजाने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ माघ ४, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ४, काठमाण्डौँ । मलेसियाले पाँच लाख विदेशी श्रमिक भित्र्याउन स्वीकृति दिएको छ । त्यहाँको मानव संसाधन मन्त्रालयअन्तर्गत विदेशी श्रमिक राहत योजनामार्फत् विभिन्न चरणमा पाँच लाख विदेशी श्रमिक लैजाने भएको हो । मानव संसाधनमन्त्री शिवकुमारले विदेशी श्रमिकहरू उत्पादन, निर्माण, कृषि तथा होटल, रेस्टुरेन्ट जस्ता सेवामूलक क्षेत्रमा लैजाने बताए ।

पछि फेरि आवश्यक देखिए क्रमशः थप्ने उनको भनाइ छ । यसअघि एक विज्ञप्तीमार्फत् पनि मन्त्रीले विदेशी श्रमिक रोजगारी राहत योजना कार्यान्वयनका लागि सरकार तत्पर रहेको बताएका थिए । रोजगारदाताहरूले केन्द्रिकृत व्यवस्थापन प्रणालीमार्फत् निर्माण, कृषि, होटल लगायत क्षेत्रमा विदेशी श्रमिक भर्ना प्रकृया अगाडि बढाउन सक्ने उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस