६ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ ४, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ४ , काठमाडौँ । आज सुनको मूल्य घटेको छ । बुधवार सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । मंगलवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधवार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलवार १० रुपैयाँले घट्दै प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस