‘नागरिक एपमा भएको लाइसेन्स र ब्लु बुक मान्दैनौँ’ : ट्राफिक महाशाखा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ५, काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक महाशाखाले ‘नागरिक एप’ मा भएको लाइसेन्स र ब्लु बुकलाई सवारी चालक अनुमति पत्रर सवारी दर्ता किताबलाई नमान्ने भएको छ । सवारी चालकले सवारीसाधन चलाउँदा लाइसेन्स तथा सवारी दर्ता किताब साथमा राख्नुपर्ने महाशाखाले जनाएको छ । ‘नागरीक एप’ मा कागजपत्रलाई मान्न नसकिने र ऐनको दफा ६० बमोजिम ५ पटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको अनुमतिपत्र ६ महिनाको लागि निलम्बन गरिने महाशाखाले उल्लेख गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १३१ बमोजिम कुनै पनि सवारी चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था रहेको छ । तथा सोही ऐनको दफा १६४ को उपदफा १ न बमोजिम चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस