राष्ट्र बैंकद्धारा रु १०.६ अर्बको ट्रेजरी बिल निष्कासन गरिदै

माघ ६, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले यही माघ ९ गते अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले माघ १० गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आउँदो मंगलबार गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब रु पैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १२ गते र २०८० माघ ९ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको आउँदो मंगलबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply