‘वीरगञ्ज व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ’ : महानगर प्रमुख सिंह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ माघ ६, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

माघ ६, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासका लागि ज्येष्ठ नागरिकको मार्गदर्शनको आवश्यक्ता रहेको बताएका छन् । एक्लैको प्रयासले मात्रै केही गर्न नसक्ने भन्दै उनले वीरगञ्जलाई व्यवस्थित गर्न सबैको साझा प्रयास हुनु पर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकको अनुभव आवश्यक रहेको बताए । ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा शुक्रबार वीरगञ्जको ज्येष्ठ नागरिक पार्कमा दम रोग र उपचार विधीका बारेमा आयोजित प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

गम्भीर प्रकृतिका दीर्घ रोगको उपचारका लागि महानगरले आवश्यक सहयोग गर्ने भन्दै नगरप्रमुख सिंहले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता जनाए । संघका अध्यक्ष जगदिश शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, अभिषेक सिंह, जितेन्द्र पुरुष ढकाल, श्याम कुमार पोखरेल, बद्रि केसी, रामानन्द प्रसाद कुर्मी लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस