परराष्ट्रमन्त्री ज्ञवाली आज मंगोलिया जाँदै, को–को छन भ्रमण टोलीमा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ २६, शनिबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

जेठ २६,काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्रा्ष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन शनिबार मंगोलिया प्रस्थान गर्ने भएका छन ।

यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली मंaगोलियाको उलानबटार जान लागेका हुन ।

बैठकमा वैदेशिक लगानी, सूचना प्रविधिलगातयका विभिन्न विषयमा छलफल हुने मन्त्रालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट गर्नुका साथै त्यहाँका समकक्षीसँग द्विपक्षीय हितका विषयमा कुराकानीसमेत गर्ने उल्लेख छ ।

उक्त भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैरआवासीय राजदूतसमेत रहेका लीलामणि पौड्याल पनि सहभागी हुनेछन । मन्त्री ज्ञवाली यही जेठ ३० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस