वैशाखबाट नेपाली कामदार जापान जान पाउने, यी हुन् कामका क्षेत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २४, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाडौं । सरकारले जापानको रोजगारीलाई सुरक्षित, पारदर्शी र सर्वसुलभ बनाउन छुट्टै संयन्त्र विकास गर्ने गरी जापानसँग संवाद अघि वढाएको छ।

सरकारले वैदेशिक रोजगारीमा विकृति र ठगी बढ्दै गएको ठहरसहित जापानको रोजगारीको लागि विश्वसनिय प्रणालीको विकास गर्ने गृहकार्य सुरु गरेको छ।

यसरी बनाएको संयन्त्रले योग्यता, सीप र दक्षताका आधारमा रोजगारीका लागि जापान जाने नेपाली कामदार छनोट गर्ने छ।

नेपाली कामदार छनौट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने विषयमा दुई मुलुकका प्रतिनिधिबीच सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छलपल भएको छ।

मन्त्री गोकर्ण विष्ट र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच दुई देशको सहकार्यमा संयन्त्र स्थापना गरी काम गर्ने सहमति भएको हो।

नेपाल सरकारले सम्पूर्ण तयारी गरी आगामी वैशाखबाट नेपाली कामदार जापान पठाउने सम्बन्धमा गृहकार्य गरिरहेको छ।

नेपालबाट नर्सिङ, केयर गिभर, रेस्टुरेन्ट, निर्माण, उद्योग, कृषि जस्ता क्षेत्रमा ठूलो संख्यामा कामदार जानसक्ने देखिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस