माघ ८, काठमाडौँ । अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या एक सय चार पुगेको छ । तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ ।
शीतलहरका कारण करिब ७० हजार पशु पनि मरेका बीबीसीले जनाएको छ । तालिवान सरकारका प्रवक्ताले एक महिनामा झण्डै ४० हजार परिवारलाई खानपिनको व्यवस्था गरेको र केही राहत पनि दिएको दाबी गरेको छ ।