माघ ८, काठमाण्डौँ । क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।
क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको गोलीकाण्डमा करिब १६ जनालाई गोली लागेको छ भने कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ। स्थानीय समय अनुसार शनिबार राति १० बजे सो गोलीकाण्ड भएको थियो।