राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशभर संगठन बिस्तार गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ९, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन बिस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो । पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ ।

साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ । महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ । माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस