५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ ९, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९, काठमाण्डौँ । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ ।

भारतलगायत मुलुकबाट आयात भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष आव को ५ महिना साउन मङ्सिरमा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको छ । आव २०७७र७८ मा अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन आयात भएको देखिन्छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस