क्यालिफोर्निया गोलीबारी : ७२ वर्षका सन्दिग्धले आफैँलाई गोली हाने

माघ ९, काठमाडौँ । लस एन्जलस सामूहिक गोलीकाण्डका संदिग्ध व्यक्तिले आफैंलाई गोली हानेका छन्। पुलिसले घेरा हालेपछि उनले आफ्नै भ्यानमा गोली हानेको प्रहरीले जनाएको छ । शनिबार राति अमेरिकाको लस एन्जलसको बलरूम डान्स क्लबमा गोली चलेको हो । यस गोलीकाण्डमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने १० भन्दा बढी घाइते भएका छन् । त्यसयता प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको थियो । प्रहरीले शंकास्पदलाई घेराबन्दी गरेको थियो । त्यसपछि उनले प्रहरीबाट बच्न भ्यानमै गोली हानेका थिए ।

प्रहरीले भ्यानमा म्यागजिन लोड गरिएको अर्ध(स्वचालित पेस्तोल पनि फेला पारेको छ । उक्त हतियार प्रहरीले लस एन्जलस गोलीकाण्डमा प्रयोग भएको आशंका गरेको छ। यद्यपि यसबारे प्रहरीले कुनै पुष्टि गरेको छैन । स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएका हुन् । लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयु मेयर्सका अनुसार अधिकारीहरुले शनिबार राति १०बजेर २० मिनेट जाँदा आपतकालिन कलको जवाफ दिएका थिए ।

लस एन्जलसशहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ । मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन्, जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी हुन् ।

बन्दूक हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोलीकाण्ड भएको संयुक्त राज्य अमेरिकामा सामुहिकरूपमा हुने बन्दुक हिंसा एउटा ठूलो समस्या रहेको छ । अमेरिकी कानुनले चार वा सोभन्दा बढी व्यक्तिले गोली हानेको वा मारिएको घटनालाई सामुहिक गोलिकाण्डका रूपमा परिभाषित गरिएको छ । अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए । अमेरिकामा तीन वयस्कहरूमध्ये एकसँग कम्तीमा एउटा हतियार रहेको छ र दुई वयस्कहरूमध्ये लगभग एक जना हतियार भएको घरमा बस्छन् । एजेन्सी

संम्बन्धित समचार

Leave a Reply