रास्वपाले तोक्यो समिति र विभागहरूका संयोजक, कसलाई के जिम्मेवारी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ९, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ । केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो । सो केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकको जिम्मा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन् । विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा चयन गरिएको छ । पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी तोकीएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस