अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु

माघ १०, काठमाडौँ । अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् ।

देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको हो । समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रहरीलाई उद्धृत गर्दै गोली चलेको घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply