बाग्मती प्रदेश सरकारले आज ११ वटा मन्त्रालय बनाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १०, मकवानपुर । बाग्मती प्रदेश सरकारले आज १४ मन्त्रालयलाई घटाएर ११ वटामा झार्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पहिले मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम गरिने बताए । पहिले राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ८ वटा मन्त्रालयलाई बढाएर १४ वटा मन्त्रालय बनाएको थियो ।

अब आजदेखि भने मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम सुरु गरिने जम्मकट्टेलले बताए । आज दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलासँग मन्त्रालय घटाउने प्रतिवेदन बुझेपछि आजै मन्त्रिपरिषद्को बैठक बसेर ११ वाट मन्त्रालय कायम गरिने जम्मकट्टेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस