होटल रोयल सिंगीको २५औं वार्षिकोत्सव सम्पन्न

माघ १०, काठमाण्डौँ । होटल रोयल सिंगीले पर्यटन सेवामा जनवरी २०, २०२३ मा उत्कृष्टताको २५ वर्ष पुरा गरेको सुखद उपलक्षमा आफ्नो २५औं वार्षिकोत्सव मनाउन यस महत्वपूर्ण दिनमा आफ्ना सहयात्री हरुको सम्मानमा होटलमा ट्राभल र टुर अपरेटरहरूका साथै कर्पोरेट र व्यापारिक घरानाहरूसहित सम्मानित व्यक्तिहरू, विश्वसनीय साझेदारहरूको साथ खुशीयाली साझेदारी गर्न वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।

संचालक अध्यक्ष श्री टासी घले द्वारा उत्कृष्ट नेपाली आतिथ्य प्रदान गर्ने लक्ष्यका साथ स्थापित यस होटलसंग सहयात्रा गरि साथ दिनु हुने हाम्रा विशिष्ट पाहुनाहरुका साथै ट्राभल र ट्रेकिङ अपरेटरहरू, एयरलाइन्सहरु, कर्पोरेट हाउसहरू, बैंक तथा वित्तीय संस्थाहरू, सरकारी निकाय र संघसंस्थाहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

यस होटल रोयल सिंगीले विगत २५ वर्षमा प्राप्त गरेका अनुभव र बदलिँदो आधुनिक भविष्यमा समयानुकुल अझ स्तरीय रुपमा आफ्नो सेवा सुविधा प्रदान गर्ने प्रण गर्दछ ्र

यसलाई २५ वर्षको परम्परा, विकास र विरासतको रूपमा स्थापित गर्दै यस होटलले पाहुनाहरूका लागि धेरै विशेष नयाँ प्रस्तावहरू, सुविधाहरू र कार्यक्रमहरू ९लागू नियम र सर्तहरू अन्तर्गत० को शुरुवात गर्दै छ स्जस्तै
( फेब्रुअरी १ देखि २८ सम्म, अतिथिहरूले होटलको लोकप्रिय आउटलेट मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गरिने छ । यो अफर ए ला कार्टे लन्च वा डिनरमा बढीमा ८ अतिथिहरुका लागि मान्य हुने छ ।
( फेब्रुअरी महिनाभरि, प्रोन्टो क्याफे ९लबी र गार्डेन० मा चियारकफी र केक बिहान ११ बजेदेखि ७ बजेसम्म २५० रुपैया नेटमा उपलब्ध हुने छ भने साँझ ५ बजेपछि २५ प्रतिशत छुट दिइने छ ।
( आफ्नो विवाहको रिसेप्शन बुकिङ गर्ने पहिलो २५ जनालाई २५औं वार्षिकोत्सवको अवसरमा प्रति व्यक्ति २५०० नेटको विशेष दरमा मेनु उपलब्ध गराइने छ ।

(डिसेम्बर ३१, २०२३ सम्म आफ्नो २५औ जन्मदिन मनाउने सबै अतिथिहरुलाइ होटलको लोकप्रिय आउटलेट द्यीख्म् मा सबै खाना र पेय पदार्थहरूमा २५ प्रतिशत छुट दिइने छ । यसको प्रमाणीकरणको लागि सरकारबाट जारी परिचय पत्र प्रस्तुत गर्न आवश्यक हुनेछ र यो ए ला कार्ट लन्च वा डिनरमा अधिकतम आठ अतिथिहरूलाई मात्र लागू हुनेछ ।
( होटलले २५औं वार्षिकोत्सव विशेष प्याकेज पनि तयार गरेको छ, आफ्नो २५औं वार्षिकोत्सव मनाउने अतिथिका लागि यो प्याकेजको मूल्य प्रति रात र सिंगल अकुपेन्सी मात्र रु २५०० नेट रहेको छ । यी नयाँ प्रोग्राम र अफरहरू वार्षिकोत्सव कार्यक्रममा लन्च हुनेछन् र फेब्रुअरी १३, २०२३ सम्म मात्र २५ दिनका लागि संचालन हुने छन् । ९यसमा शर्तहरु लागु हुने छन्, जस्तै घरेलु पर्यटकका लागि नेपाली रुपियाँ लाग्ने छ र नेपाली नागरिकले होटलबाट सिधै बुकिङ गर्न सकिने छ । यो पुर्णरुपमा प्रि(पेड हुने छ भने यसमा ब्रेकफास्ट समावेश हुने छैन ०
ूहामी हाम्रो २५औं वार्षिकोत्सव मनाउने गतिविधिहरू अन्तर्गत आजको दिन हाम्रा पाहुनाहरूलाई विशेष महसुस गराउन पाउदा खुसी छौं । उत्कृष्ट सेवाका लागि समर्पित हाम्रो टिमका सदस्यहरु र साझेदारहरुप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु भनि अध्यक्ष टासी घले भन्दछन ।

होटल रोयल सिंगी एक पारिवारिक उद्यमका रुपमा श्री टाशी घलेद्वारा स्थापित हो, जसले यस परिवारको गौरवको विकास गर्नु अघि काठमाडौं सहरमा पहिले दुईवटा सम्पत्तिको स्वामित्व र सञ्चालन गरेका थिए । यस होटलले स्थापना भएदेखि नै राष्ट्र र पर्यटकीय उद्योगमा प्रतिष्ठाको साथ सबै सुविधा र सेवाहरूमा आवश्यक स्तरवृद्धि जारी राखेको छ । राम्रोसँग प्रशिक्षित सेवामुखी टिमका साथ एक प्रमुख स्थानमा अवस्थित, होटल सबै ट्राभल, व्यापार, एक्सपेडिसन, ट्रान्जिट वा लेइजरको लागि उपयुक्त रहेको छ ।

होटलमा डिलक्स र एक्जुकेटिभ कोठाहरु, सिग्नेचर सुइटस र बेस्पोक रेसिडेन्सी, ३ वटा खाना र पेय पदार्थका आउटलेटहरू छन् । त्यस्तै ५ वटा भन्दा बढी परिष्कृत सुविधा सहितका कार्यक्रम र बैठक गर्ने ठाउँहरू रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply