आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ १०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १०, काठमाण्डौँ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सोमबार लाजिम्पाटस्थित होटेल दी हिमालयमा सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले निर्जीवन बिमा बजारमा कम्पनीको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराए। सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनीतिक अवस्था र त्यसको कारणबाट समग्र बिमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराएका थिए।

उनले २४औँ साधारणसभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्नपश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने जानकारी गराए।

अध्यक्ष ढकालले देशमा विद्यमान आर्थिक तथा राजनीतिक अवस्थाको बाबजुद कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बिमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस