गजेन्द्र नारायण सिंह २१औँ पुण्यतिथि वीरगञ्जमा पनि मनाइयो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ माघ १०, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

माघ १०, वीरगञ्ज । गजेन्द्र नारायण सिंह २१औँ पुण्यतिथि वीरगञ्जमा पनि मनाइएको छ । मधेश अध्ययन केन्द्र पर्साले वृक्षरोपण गरेर पुण्यतिथि मनाएको हो । वीरगञ्जको बगहीस्थित श्री महानन्द प्रसाद उपाध्याय माद्यामिक विद्यालयमा ५१ वटा विरुवा रोपेर पुण्यतिथि मनाइएको हो ।

सो अवसरमा नेकपा एमालेका नेता शिव प्रसाद पटेल, जनता समाजवादी पार्टीका नेता सुरेन्द्र कुर्मी, युवा नेता ओमप्रकाश सर्राफ, वडाअध्यक्ष सर्जुग महतो, लोकतान्त्रिक समाजवादी पार्टीका नेता श्रीरामजी गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश साह, विद्यालयका प्रधानाध्यापक राजेश्वर पाण्डे लगायतको उपस्थितीमा वृक्षरोपण गरिएको सञ्चारकर्मी कृष्ण यादवले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस