बागमतीमा तीन दलको मिल्यो भागबण्डा, कुन-कुन दल बाहिरिए ?

माघ ११, हेटौंडा । बागमती प्रदेश सरकारले ११ वटा मन्त्रालयसहित बुधबार पूर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए । प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो ।

बुधबार सरकारलाई पूर्णता दिन मन्त्रिपरिषदमा ८ जना मन्त्री नियुक्त गरिने सरकारका प्रवक्ता जगन्नाथ थपलियाले बताए जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेशमा नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने गरी भागबण्डा मिलेको छ । उता नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीको पनि समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले आफ्नो सरकारमा यी दुई दललाई सामेल नगराउने भएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्र, एमाले र राप्रपा मात्र सहभागी हुने भएको हो । मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई ती दुवै दलको समर्थन दिएका थिए । सभामुख तथा उपसभामुख चयनमा समेत सत्तारुढ गठबन्धनकै उम्मेदवारलाई हाम्रो नेपाली पार्टीले मतदान गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply