आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना !

माघ ११, काठमाडौँ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति लुम्बिनी, गण्डकी, बागमती, मधेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । माथि उल्लेखित चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले चिसो र दैनिक कार्यमा आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

संम्बन्धित समचार

Leave a Reply