वाग्मती प्रदेशको मन्त्रिपरिषद विस्तार आज हुँदै, को को बन्दैछन् मन्त्री ?

माघ ११, हेटौंडा । वाग्मती प्रदेशको मन्त्रिपरिषद विस्तार आज हुने भएको छ । ११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मंगलबार १४ मन्त्रालयमा ३ वटा मन्त्रालय कटौती गरेर ११ वटा कायम गर्ने प्रतिवेदनलाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।

जसअनुसार ११ मन्त्रालयमा सत्तारुढ गठबन्धन मध्यको सबैभन्दा ठुलो दल नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीलेले ३ मन्त्रालय पाउने भएका छन् । सोही भागबन्डा अनुसार नेकपा एमालेबाट वाग्मती प्रदेशको चार जना मन्त्रीको नाम ‘फाइनल’ भएको छ ।

एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र काठमाडौंका केशव पोखरेल पशुपन्छी तथा कृषि मन्त्री बन्ने भएका छन् । एमालेका संसदीय दलका नेता चितवनका जगन्नाथ थपलिया यस अघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

संम्बन्धित समचार

Leave a Comment