मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार पदभार ग्रहण गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ११, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ११, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशमा अर्थमन्त्रीको जिम्मेवारी पाएका सञ्जयकुमार यादवले शुक्रबार पदभार ग्रहण गर्ने भएका छन् । गत पुष २९ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई नियुक्त गरेका थिए । पुष २९ गते विना विभागीय मन्त्री नियुक्त भई मुख्यमन्त्रीसँगै शपथ ग्रहण गरिसकेका उनले हिजो मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मंगलबार अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री यादवले शुक्रबार पदभार ग्रहण गर्ने जनाइएको छ । मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले उनीसँगै नियुक्त भई विभाग नपाएका नेकपा ९एमाले० संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस