सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर, तोलाको कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ ११, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ११, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो मंगलबारको तुलनामा मूल्य १०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज हिजो मंगलबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस