आजको मौसम : देशभर आंशिक बदली,पुर्विय भेगमा बर्षाको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ १२, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १२, काठमाण्डौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार बिहीबार बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ ।

यस्तै दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ । यस्तै राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस